scheduleशुक्रवार भाद्र १ गते, २०७५

परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता

काठमाडौं, ३१ जेठ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली मंगोलियाको राजधानी उलानबटारमा आयोजित भूपरिवेष्टित विकासशील देशहरुको अन्तर्राष्ट्रिय विद्वत वर्ग (थिंक ट्यांक)को उद्घाटन सम्मेलनमा भाग लिएर बिहीबार स्वदेश फर्के ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले नेपाल र मंगोलियाबीच परराष्ट्र मन्त्रालयस्तरमा द्विपक्षीय परामर्श संयन्त्र गठन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिए ।

समझदारीपत्रमा आफू र आफ्ना मंगोलियाली समकक्षी दामदिन सोटाबाटरले हस्ताक्षर गरेको जानकारी दिँदै उनले मंगोलियाका राष्ट्रपतिसँग शिष्टाचार भेट गरेको बताए ।

गत मंगलबार सम्पन्न थिंक ट्यांकको सम्मेलनले भूपरिवेष्टित विकासशील मुलुकहरुमा प्रत्यक्ष वैदेशिक लगानी तथा आर्थिक विविधीकरण, सूचना तथा सञ्चार प्रविधिसहितको सम्पर्क विस्तार, पूर्वाधार निर्माण, पारवहन यातायात मार्ग र व्यापार सहजीकरणलाई जोड दिएको मन्त्री ज्ञवालीले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob