scheduleशुक्रवार भाद्र १ गते, २०७५

दीपिका पादुकोण बस्ने विल्डिङमा आगलागी

एजेन्सी, ३० जेठ । भारतीय अभिनेत्री दीपिका पादुकोण बस्ने मुम्बईस्थित एक विल्डिङमा आगलागी भएको छ । ३३ तलाको उक्त बिउमण्डे नामको बिल्डिङको ३२ औं तलामा आज अपरान्ह आगलागी भएको हो । दीपिका भने २८ औं तलामा बस्छिन् ।

आगो निभाउनका लागि घटनास्थलमा प्रहरी तथा साथै दर्जनौँ दमकल खटाइएका थिए । हालसम्म मानवीय क्षति नभएको भएपनि आगलागी भएको तला पूर्णरुपमा क्षतिग्रस्त भएका छ ।

आगलागीको समयमा दीपिका त्यहाँ थिइनन् । उनी कुनै कम्पनीको विज्ञापनका लागि छायाँकंनका क्रममा बाहिर थिइन् । दीपिकाले सन् २०१० मा उक्त विल्डिङको फ्ल्याट १६ करोड रुपैयाँमा किनेकी थिइन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob