scheduleशनिवार श्रावण ५ गते, २०७५

फिल्मका लागि छापिएको नक्कली नोटले निर्मातालाई पु¥यायाे जेल

काठमाडौं, ३० जेठ । फिल्म सुटिङ प्रयोजनका लागि छापिएको भनिएको नक्कली नोट दुरुपयोग भएपछि फिल्म निर्माता माधव वाग्लेसहित तीन जना जेल चलान भएका छन् ।

हाल छायांकनकाे अन्तिम चरणमा रहेको फिल्म ‘चंगा चेट’का लागि आवश्यक ठूलो परिमाणमा नक्कली नोट छपाई गरिएको थियो । तर फिल्म युनिटकै केहीको लापर्वाहीका कारण उक्त नक्कली नोटको दुरुपयोग भयो र त्यसपश्चात फिल्म निर्माता वाग्लेसहित प्रकाश सुवेदी, सुजित तामाङ, साजन तामाङ, महेन्द्र बोगटी र विकेश नापितलाई गत जेठ २ गते प्रहरीले पक्राउ गरिएकाे थियो । उनीहरुको साथबाट २ करोड ६२ लाख ६३ हजार रुपैयाँ बरामद भएको थियो । उक्त नोटमा नोट नक्कली रहेको जानकारी भने गराइएको थियो ।

काठमाडौं जिल्ला अदालतले बुधबार वाग्लेसहित तीन जनालाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको छ । अन्य तीन जनालाई धरौटीमा छाड्ने आदेश दिएकाे छ ।

२ करोड ६२ लाख रुपैँया जरिवाना र १० वर्षसम्म कैदको सजाय माग गरी मुद्दा दायर गरिएको थियो । निर्माता वाग्लेले भने अरूकाे गल्तीले अाफूलार्इ  फसाइएको दावी गर्दै अाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob