scheduleशुक्रवार भाद्र १ गते, २०७५

२०२६ को विश्वकपकाे अायाेजना अमेरिका, क्यानडा र मेक्सिकोले गर्ने

३० जेठ । सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।

अमेरिका, क्यानडा र मेक्सिकोसहित मरक्कोलाई पनि विश्वकम आयोजनाका लागि प्रस्ताव पेश गराएको थियो । फिफामा भएको मतदानमा अमेरिका, क्यानडा र मेक्सिकोको पक्षमा १ सय ३४ राष्ट्रले मत जाहेर गरेका थिए भने मरक्कको पक्षमा ६५ भोट मात्रै आएपछि विश्वकमको आयोजना तीन देशले मात्रै गर्न पाउने भएका हुन् ।

सन् २०२६ मा हुने विश्वकपका ८० खेलमध्ये ६० प्रतिशत अमेरिकामा हुनेछ, जसमा क्वार्टरफाइनलदेखि सबै खेल समावेश छन् ।

२०२२ को विश्वकप कतारमा हुनेछ ।

यसअघि मेक्सिकोले सन् १९७० र ८६ मा विश्वकप आयोजना गरिसकेको छ भने अमेरिकाले १९९४ मा र क्यानडाले सन् २०१५ मा महिला विश्वकपको सफल आयोजना गरिसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob