scheduleशुक्रवार भाद्र १ गते, २०७५

म के-के भएँ : मुकुन्द न्यौपाने

म आन्दोकारी भएँ
बाल्यकाल देखिनै
मलाई आन्दोलनकारी
माहाभारतले बनायो
समय फेरियो म पहाड
छोडेर हिडें समयले नै
मलाई स्वतन्त्र विद्रोही
बनायो ।
म जीवनको तेस्रो मोडमा
प्रवेश गरे अन्जानमै नक्सली
वने जव ज्ञानको प्रारम्भिक चरणमा
गएँ र म झापाली भएँ ।
समयले त्यसलाई पनि
बहिष्कार गर्यो र मलाई
कोकेको पहिरनमा अगाडि
सार्यो देशका कुना कुनाबाट
आउदै गए साथीहरू
मदन भण्डारी जीवराज आश्रित् र
मोदनाथ प्रस्रित
सबै कठिनाइको समयमा
पाईला सार्दै जाँदा माले
नामबाट परिचित भएछु म ।
समय फड्किदै गयो
३६ सालको आन्दोलनबाट
मुलुकमा नयाँ जागरण आयो
मान्छे जाग्दै गएँ
देश जाग्दै गयो पंचायत र
राजतन्त्रकोविरुद्ध देशमा आगो बल्यो
राजतन्त्र गल्यो पंचायत ढल्यो ।
म खुल्ला भएँ फेरी म के भएँ
मालेबाट एमाले भएँ


प्रतिनिधि सभाको सदस्य बनें ।
अगाडि बढ्दै थिएँ
अप्ठ्यारो संग लड्दै थिएँ
यसैवेला ढुंगाको चेपमा लुकेर
बसेका जुकाहरु कलिला सांसदहरुको तिघ्राको रगत चुस्न
अगाडि आएका सत्ताको भागवण्डामा लुछाचुडी गर्न थाले
सत्ताका गुणहरु भटाभट मर्नथाले ।
अर्कोतिर जंगल पसेका
माओवादीहरुले सत्ताको मुख्य
अंगमाथि ताकि ताकि
गोली चलाउन थाले ।
क्रांग्रेसको अपांग सरकार
भात् खाउकि थाल् खाउको अवस्थामा रह्यो
मझेरीमा छटपटाएको जुवाडेझै भयो ।
यसैवेला दरबार हत्याकाण्ड घट्यो
वीरेन्द्रको सम्पूर्ण वंशनास भयो
ज्ञानेन्द्रको वंशमात्र दरबारको
जीवीत अवस्थामा रह्यो ।
यसै मौकामा राजा बनेका ज्ञानेन्द्रले
दलका नेताहरूलाई जेलमा हाले
सत्चालीस सालमा आफ्नै दाइले
बनाएको संविधान फाले
फेरि अर्को गणतन्त्रको आन्दोलन
शुरु भयो, राजतन्त्रकोविरुद्धमा
देशका कुना कुनामा बिद्रोह जाग्यो ।
लाखौं लाख जनताको पंक्ति
आफ्ना शहीदहरुका रगतले
भिजेको भूमिमाथि टेक्दै
सेनाका ट्यांकर आउने बाटो छेक्तै
लखौं जनता जब दरबार तर्फ सरे
तव ज्ञानेन्द्रले आत्म समर्पण गरे ।
देश गणतन्त्रको युगमा प्रवेश गर्यो
जंगलमा हतियार बोकेको माओवादी
लोकतान्त्रिक चुनावको बाटोमा अघि सर्यो
यसले नेपाली इतिहाँसमा
ठूलो परिवर्तनको बाटो खोल्यो
समय परिवर्तनलाई पर्खेर बसेको थियोे
कम्युनिस्टहरूलाई एउटै झन्डामुनी
एउटै पार्टीमा गोलबन्द होउ भन्यो
प्रस्टैसंग मुख खोलेर बोल्यो ।
एमाले माओवादी एक भएर चुनावमा गए
जनता उनीहरूकै ओरीपरि गोलबन्द भए
विश्वको ईतिहाँसमै पहिलोपटक
चुनावबाट कम्युनिस्ट पार्टीको सरकार बन्यो
संसारको कुना कुनाबाट श्रमजीवी
जनताले नेपाली जनतालाई धन्यवाद भन्यो ।
फेरि मेरो दर्जा फेरियो
म एक्कासि टाकुराबाट
फेदीमा झरे
कहाँ झरे भनेर टाउको
छामी हेरे ,
समय साम्नेथियो मुसुक्क
मुस्कान छोड्यो
अनि सुटुक्क कानमा
भन्यो तं नत नक्सली
न त झापाली न त को के
न त माले एमाले
आज त बन्दैछु म
पक्का कम्युनिस्ट छ साले ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob