scheduleशुक्रवार भाद्र १ गते, २०७५

अग्रवालको घरमा सुन र चाँदीका बिस्कुटको बिस्कुन !


काठमाडौं, २६ जेठ । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्याकाण्डका नाईके एमके भन्ने मोहनकुमार अग्रवालको काठमाडौं कालिकास्थानस्थित घरमा सरकारी अधिकारीहरुले महत्वपूर्ण प्रमाणहरु फेला पारेका छन् ।

सरकारी अधिकारीहरुले अग्रवालको घरबाट सुन कारोबारसम्बन्धी अति महत्वपूर्ण दस्तावेज बरामद गरेको बताएका हुन् । अग्रवालले गरेका सुन र चाँदीको अवैध तस्करीको रेकर्डसहित विभिन्न व्यक्तिका नाम सहितको दस्तावेज बरामद भएको बताईएको छ । बन्द अवस्थामा रहेको घरबाट समितिले अग्रवालले दुबई आउजाउमा प्रयोग गरेका कागजपत्र, डायरी, हरहिसाब राखेको रजिष्ट्ररी लगायतका कागजपत्र बरामद गरेको छ ।

यस्तै एक दर्जन बढि विभिन्न कम्पनीका सवारीसाधनका चाबी समेत बरामद भएको छ । समितिले अग्रवालको घरमा प्रयोगमा रहेका ल्यापटप र कम्प्युटर समेत बरामद गरेको छ । समितिले केही थान सुनका बिस्कुट, सयौं थान चाँदीका बिस्कुट र सिक्का, ३० लाख रुपैयाँ भन्दा बढि नगद समेत बरामद भएको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob