scheduleशनिवार श्रावण ५ गते, २०७५

महिलाको शव फेला

राजविराज, २० जेठ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आइतबार एक महिलाको शव फेला परेको छ ।

हनुमानगर कंकालनी नगरपालिका– १ कोशी ब्यारेज नजिकै पूर्वपश्चिम राजमार्ग छेउमा महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob