scheduleआइतवार आश्विन ७ गते, २०७५

स्पेनिस ला लिगाः अन्तिम खेल बराबरीमै रोकियो एट्लेटिको मड्रिड, टोरेजको पनि सानदार बिदाइ

एजेन्सी, ७ जेठ । स्पेनिस ला लिगाको अन्तिम खेलमा एट्लेटिको मड्रिडले इबारसँग २-२ गोलको बराबरी खेल खेलेको छ ।

एट्लेटिकोबाट अन्तिम खेल खेलका फर्नानण्डो टोरेजले खेलको ४२ औ र ४० औँ मिनेटमा गोल गरे । खेलको ३५ औ मिनेटमा गोल गर्दै इबारलाई किकले अग्रता दिलाएका थिए । तर, त्यसपछि खेलमा एट्लेटिकोले सानदार कमव्याक गरेको थियो ।

एक गोलको अग्रता बनाएको एट्लेटिकोलाई तब झट्का लाग्यो जब खेलको ६३ औ मिनेटमा लुकास हर्नानडेज रातो कार्ड खाँदै मैदान छाडे ।

१० जनामा सिमित एट्लेटिको विरुद्ध खेलको ७० औ मिनेटमा रुबेनले इबारका लागि बराबरी गोल गरे । यस सिजन एट्लेटिको ७९ अंक बटुल्दै दोस्रो स्थानमा चित्त बुझाउन सफल भएको छ ।

अन्तिम खेल खेलका टोरेजले एट्लेटिकोका लागि कुल १२८ गोल गरेका छन् । उनी एट्लेटिकोबाट सर्वाधिक गोल गर्ने खेलाडीको पाँचौ स्थानमा रहेका छन् । एट्लेटिकोबाट अन्तिम खेल खेलेका टोरेजलाई सानदार बिदाइ गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob