scheduleमगलवार श्रावण २९ गते, २०७५

बोको हरामको नियन्त्रणमा रहेका ५३ जनाको उद्धार

फाइल फोटो

एजेन्सि, ४ जेठ । नाइजेरियामा बोको हरामविरुद्ध भएको सुरक्षा कारबाहीका क्रममा ५३ जना अपहरणमुक्त भएका छन् । उत्तरपूर्वी बोर्नो राज्यबाट सरकारी सेनाको टोलीले उनीहरुलाई अपहरणमुक्त गराएको हो । सेनाले ३३ महिला, १६ बालबालिका र चार जना पुरुषलाई अपहरण मुक्त गराएको अधिकारीहरुले जनाएका छन् ।

नाइजेरिया सरकारले मे महिनामामात्रै बोको हरामको नियन्त्रणमा रहेका एक हजार जनालाई मुक्त गराएको छ ।

सन् २००९ बाट सुरु भएको बोको हरामको हिंसात्मक गतिविधिका कारण नाइजेरियामा अहिलेसम्म २० हजार मानिस मारिएका छन् भने २३ लाख विस्थापित भएका छन्, अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले खबर लेखेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob