scheduleमगलवार श्रावण २९ गते, २०७५

उपचार गराउन जाँदा पाइन्ट खोल्न लगाएपछि…

भोजपुर, १ जेठ । तल्लो पेट दुखेर उपचार गराउन गएकी एक किशोरीलाई सर्ट तथा पाइन्ट खोल्न लगायने स्वास्थ्यकर्मी पक्राउ परेका छन् । भोजपुरको टक्सार कोटडाँडास्थित आयुर्वेदिक औषधालयमा कार्यरत आयुर्वेदिक हेल्थ एसिसटेन्ट ३२ वर्षीय शंकर साहलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक चरित्र कार्कीका अनुसार पेट दुखेका कारण फूपू दिदीसँग उक्त औषधालयमा उपचार गराउन गएकी किशोरीलाई सर्ट तथा पाइन्ट खोल्न लगाएर यौनांगहरु खेलाएको किशोरीको र प्रतिवाद गर्दा जबर्जस्ती गर्न खोजेको पीडित किशोरीको आरोप छ ।

औषधालयबाट भागेपछि घरमा गएर आमालाई विस्तृत बताएपछि आमाले प्रहरीमा उजुरी दिएकी थिइन् । सरकारी जागिरे साहलाई सोमबार नै पक्राउ गरिएको हो ।

पक्राउ परेपछि साहले तल्लो पेट दुखेको उपचारका लागि छाती र तल्लो पेट थिचेको स्वीकारेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob