scheduleमगलवार श्रावण २९ गते, २०७५

एमालेविरुद्ध जाइलाग्न खटिए माओवादीका यी तीन भाइ

काठमाडौं, ३१ वैशाख। एकता प्रक्रियामा रहेका एमाले–माओवादीबीच सम्बन्ध सुमधुर हुनुको साटो दूरी बढ्दै गएको अनुभूति नेता तथा कार्यकर्ताले गर्न थालेका छन् । एकता अनुपातलगायतमा कचल्टिएको एकतामा केही समयअघि प्रधानमन्त्रीको ट्वीट आएर थपियाो भने अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को भ्रमणमा एमालेले माइनस गरेको भन्दै माओवादीले चित्त दुखाएको छ ।

यद्यपी, समान्यभन्दा सामान्य विषयमा टिप्पणी गर्ने बानी गरेका माओवादी नेताहरुलाई कार्यकर्ता पंत्तिबाटै एमाले पेलानविरुद्ध जाइलाग्न आग्रह भइरहँदा समेत प्रतिक्रियाविहिन देखिएका छन् । किन ?

स्रोतका अनुसार माओवादी एकता प्रक्रियामा देखिएका असमझदारीहरुलाई बल्झाउन चाँहदैन । देखिएका असमझदारीहरु मेटाउँदै अघि बढ्न सकियोस् भन्ने चाहना प्रचण्डलगायत माओवादी नेताहरुले गरेको दावी गरिएको छ । त्यसैले महोल थप नबिगार्ने सोचअनुरुप नरम नीति अवलम्बन गरेको माओवादीका एक नेताले बताए ।

जाइलाग्ने जिम्मा तीन भाइलाई

विगतमा जर्नादन शर्मा, वर्षमान पुनलगायतका नेताहरु यसरी प्रस्तुत हुन्थे मानौं पार्टी बचाउको जिम्मा उनीहरुकै हो । तर हिजोआज विगतमा कडारुपमा प्रसतुत हुने नेताहरुको बोली खासै सुन्न छाडिएको छ । एकतापछि कर्नरमा पर्ने डरले अधिकांश नेता कार्यकर्ता एमालेविरुद्ध बोल्न डराइरहेका छन् । माओवादीका एक नेताले दिएको जानकारी अनुसार प्रचण्डले नयाँ शक्तिबाट माओवादीमा फर्किएका देवेन्द्र पौडेल, प्रवक्ता पम्फा भुसाल र नेता मणि थापालाई एमालेको प्रतिरोध गर्ने जिम्मा दिएका छन् । पार्टीको जिम्मा अनुसार नै ओलीको ट्वीट, मोदीको भ्रमणबारे उनीहरुले धारणा सार्वजनिक गरेका एक नेताले बताए । साँघु साप्ताहिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob