scheduleमगलवार श्रावण २९ गते, २०७५

तीस वर्षिया मोडेल जसले बाँचिरेका छन् आधा महिला आधा पुरुष जीवन

एजेन्सी, ३१ वैशाख । एक मोडल आज आधा महिला र आधा पुरुष बनेर जीवन बाँचिरहेका छन् । पुरुषको पहिचान बोकेर जन्मिए पनि ३० वर्षका एलेक्सजेन्डर बीचले एक समयमा आएर महिला बन्ने निर्णय गरे । उनले आफ्नो शरीरलाई यसरी परिवर्तन गराए जोकसैका लागि पनि त्यो कुनै पुरुषको शरीर हो भन्ने विश्वास गर्न गाह्रो हुन्थ्यो ।

लस एन्जलसका एलेक्सजेन्डरले महिला बन्नका लागि धेरै प्रयास गरे । उनले शारीरिक अभ्यास डाइटिङ गरेर शरीरको तौल घटाए । महिलाको लुक्स पाउनका लागि महंगो ट्रिटमेन्ट गराए, शरीरका सम्पूर्ण रौंहरु निकाल्नका लागि लेजर ट्रिटमेन्ट गरे र शरीरमा टेस्टोस्टेरोनको मात्रा सन्तुलन राख्नका लागि दश हजार डलरसम्म खर्च गरे । यो सम्पूर्ण लिङ्ग परिवर्तनको प्रक्रियामा उनले लगभग तीन वर्ष लगानी गरे ।

जब एलेक्सजेन्डर लिङ्ग परिवर्तनको प्रक्रिया पुरा हुने घडीमा पुगेका थिए तब उनको जीवनमा एउटा यस्तो अवसर आयो जसकारण उनले आफ्नो जीवनको नयाँ मोडलाई परिवर्तन गर्नु पर्ने भयो । पछिल्लो वर्ष एलेक्सजेन्डरलाई हलिउडको अन्डरग्राउन्ड थिएटर नामको नाटकमा अभिनय गर्ने अवसर जुर्‍यो तर उनलाई उक्त नाटकमा तेस्रो लिङ्गी महिलाको सट्टा पुरुषको भूमिका मिल्यो । उ

क्त नाटकमा दैनिक पुरुषको अभिनय गर्नु परेपछि उनलाई आफु वास्तविक जीवनमा महिलाको भूमिकामा रहन नसक्ने लाग्यो । यससँगै एलेक्सजेन्डरले महिला बन्ने इच्छालाई त्यही त्यागे । उनी आफ्नो पुरानो स्वरुपमा फर्कन चाहान्थे । तर हार्मोन कन्ट्रोल ट्रिटमेन्टको कारणले उनको छातीको आकार बढेको थियो ।

एलेक्सजेन्डर भन्छन्, ‘म अहिले पुरुषको रुपमा बाँचिरहेको छु । म तीन वर्षसम्म एरियाको रुपमा बाँचे । एरिया र एलेक्स दुई फरक जीवन हुन् । म कसैको कृपामा बाँचेको छैन । मानिसहरु म नक्कली भएको सोच्छन् तर म एक पुरुषको शरीर भित्रको महिला हुँ ।’

आफ्नो पुरानो पहिचानमा फिर्ता आइरहेका एलेक्सको स्तनमाथि मानिसहरु नकरात्मक टिप्पणी गर्छन् तर उनी पुरुष समान छातिको आकार घटाउन पुरा प्रयासरत छन् । यसका लागि उनी पुश अप र कार्डियो गरिरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob