scheduleमगलवार श्रावण २९ गते, २०७५

पाँच तहको सुरक्षा घेराभित्र मोदीको नेपाल भ्रमण, काे–कसले दिँदैछन् सुरक्षा ?

काठमाडौं, २७ बैशाख । शुक्रबारदेखि हुने दुई दिने राजकीय नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाँच तहको सुरक्षा घेराभित्र हुनेछन् । चारवटा नेपाली सुरक्षा निकाय र एक भारतीय सुरक्षाकर्मीसहितको पाँच तहको सुरक्षा घेराभित्र मोदीले नेपाल भ्रमण गर्नेछन् ।

मोदी शुक्रबार विहान जनकपुर अवतरणसँगै सुरु हुने नेपाल भ्रमणमा अपरान्ह काठमाडौं आउनेछन् । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटका साथै केही कार्यक्रममा समेत सहभागीता भई विभिन्न दलका नेताहरुसँग भेटघाट गर्नेछन् भने बौद्धस्थित हायाट होटलमा बस्नेछन् ।
शनिवार विहानै मुक्तिनाथ जानेछन् भने काठमाडौं फकिएपछि पशुपति नाथको दर्शन गर्ने कार्यक्रम रहेको छ भने उनी अपरान्ह स्वदेश फर्किनेछन् ।

यो अवधिमा मोदी निकै कडा सुरक्षा घेराभित्र रहनेछन् । दुई वर्षअघि भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपाली जनतामा मोदीप्रति बढेको आक्रोशित बनेका छन् । खुला सिमानाका कारण हुन सक्ने आपराधिक गतिविधि, भारतविरोधी तत्त्वहरूका कारण हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ ।

‘भीभीआइपी’ पाहुनाको देशमा भ्रमण हुँदा त्यसको ‘सेक्युरिटी’को जिम्मा नेपाली सेनाको हुन्छ । मोदीको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी र मोदीको सबैभन्दा नजिकको अन्तिम घेरामा भारतीय सुरक्षाकर्मी खटिने छन् भने राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरलाई समेत सादा पोसाकमा अर्को घेरामा तैनाथ गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज न्यौपानेले जानकारी दिएका छन् । सुरक्षाको अवस्थाबारे चारवटै सुरक्षा निकायका प्रमुखबाट अनुगमन भइरहने तथा कहीँ कतै सुरक्षामा कमी नहोस् भनेर उपत्यकाका सबै ठाउँमा सुरक्षाकर्मी एकीकृत रूपमा परिचालन भइसकेको बताइएको छ ।

नेपालमा कुनै पनि देशको प्रमुखले भ्रमण गर्दा सुरक्षा व्यवस्था कडा हुने भन्दै भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाका विषयमा चिन्ता लिनुपर्ने कारण नभएको गृह मन्त्रालयले जनाएको छ । गृहका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार मोदीको नेपाल भ्रमणका लागि सुरक्षा व्यवस्था पूर्ण रूपले तयार रहेको दाबी गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob