scheduleमगलवार श्रावण २९ गते, २०७५

मोदी आउँदा काठमाडौंका सडक खाली गराइने, कहाँ कहाँ हुन्छ रूट खाली ?

काठमाडौं, २७ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजकीय नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुग्दा यहाँका सडक खाली गराइने भएको छ । मोदीको सुरक्षालाई ध्यानमा राखी उनी हिड्ने रुटमा सडक खाली गराइन लागेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । रोडमा अन्य सवारी साधनहरुलाई २५ मिनेटसम्म चल्न दिइने छैन । उक्त समयमा सवारी चालकहरुले वैकल्पिक मार्ग अपनाउनुपर्ने छ । मोदीको सवारीका कारण शुृक्रबार र शनिवार सर्वसाधारणहरुले सास्ती भोग्नु पर्ने भएको छ ।

यस्तो छ मोदीको रुट
पटनाबाट सैनिक हेलिकोप्टरमार्फत शुक्रबार विहान जनकपुर आइपुग्ने मोदी त्यहाँ जानकी मन्दिरमा पूजा गरेपश्चात शुक्रबार दिउँसो १ः३० मा काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछन् । विमानस्थलबाट गौशाला, चावहिल हुँदै बौद्धस्थित हायात होटलमा पुग्नेछन् ।

मोदीको हेलिकोप्टर विमानस्थलमा अवतरण भएलगत्तै सिनामंगलदेखि सडक खाली गराउने तयारी हुनेछ । मोदीको कार्गेड चावहिल पुगेपछि मात्र सिनामंगलबाट सवारीसाधन आवगमन सुचारु हुनेछ ।

त्यस्तै शुक्रबार नै दिउँसो ४ बजे मोदी हायात होटलबाट ‘गार्ड अफ अनर’ ग्रहणका लागि टुँडिखेल प्रस्थान गर्नेछन् । त्यसका लागि चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर, माइतीघर हुँदै उनी टुँडिखेल जानेछन् । ४ बजेको समयमा सो रुट पनि खाली गराइनेछ । मोदी गौशाला कटेपछि मात्र बौद्धबाट सडक खुला गरिनेछ । करिव ५ मिनेटको टुँडिखेमा बसाईपछि मोदी ४ः३० मा उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेट्न बहादुर भवन जानेछन् लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवास पुग्नेछन् ।

शीतल निवासबाट मोदी साँझ ६ बजे महाराजगञ्ज, चावहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्नेछन् । बेलुका हायातमै फर्कने कार्यक्रम छ ।

शनिबार बिहानै ६ बजे मोदी होटलबाट मुस्ताङको मुक्तिनाथ मन्दिर जानका लागि विमानस्थल पुग्नेछन् । १०ः३० मा काठमाडौं फर्किएपछि उनी पशुपतिनाथ मन्दिरको दर्शनका लागि जाने कार्यक्रम रहेको छ । पशुपतिनाथबाट हायात होटल जाँदा पनि सडक खाली हुनेछ ।
शनिवार दिउँसो २ बजे नागरिक अभिनन्दनका लागि सभागृह प्रस्थान गर्नेछन् । चावहिल, महाराजगञ्ज, लाजिम्पाटको रुट भएर उनी सभागृह जानेछन् । दिउँसो ३ः३० मा सभागृहबाट बानेश्वर, तीनकुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत स्वदेश फर्किनेछन् ।

मोदीको सवारीका बेला कम्तीमा १० मिनेट तथा बढीमा २५ मिनेटसम्म सडक खाली गरिने ट्राफिक महाशाखाले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob