scheduleमगलवार श्रावण २९ गते, २०७५

बलत्कार गर्न खोज्नेलाई महिलाले लात्तीले हिर्काउँदा पुरुषको मृत्यु

फाइल फाेटाे

दाङ, ११ वैशाख । महिलामाथि बलात्कारको प्रयास गर्दा एक पुरुषको ज्यानै गएको छ । आफूमाथि बलत्कार गर्न खोज्नेलाई महिलाले लात्तीले हिर्काउदा पुरुषको अन्डकोषमा लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

वैशाख ९ गते रातिको डेढ बजे तिर पसलमा गुट्खा किन्ने गएका रोबरबहादुर खत्रीले तिर्खा लागेको बाहनामा महिलाको कोठामा गएर बलात्कार प्रयास गरेको खुल्न आएको छ ।

मृतक खत्रीका परिवारले भने हत्या भएको भन्दै जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय तुलसिपुरले महिलालाई हिरासतमा लिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob