scheduleमगलवार श्रावण २९ गते, २०७५

निकारागुवामा भएको आन्दोलनमा मृत्यु हुनेको संख्या २७ पुग्यो

मानागुवा, ११ वैशाख । निकारागुवामा राष्ट्रपतिविरुद्ध भएको आन्दोलनका क्रममा भएको हिंसामा परी मृत्यु हुनेको संख्या कम्तीमा २७ पुगेको छ ।

निकारागुवामा विगत एक हप्तादेखि राष्ट्रपति डानियल ओर्टेगाविरुद्ध भइरहेको आन्दोलनमा हिंसाका घटना हुन थालेका छन् ।

आन्दोलनकारीले ७२ वर्षीय वामपन्थी नेता र उनकी श्रीमती तथा उपराष्ट्रपति रोसारिओ मुरिल्लो विरुद्ध चर्को आक्रोस पोखेका छन् ।

आन्दोलनका क्रममा पसल तथा घरहरु तोडफोड लुटपाट हुनुका साथै हिंसात्मक आक्रमण भएका छन् ।

सामाजिक सुरक्षा सुधारसम्बन्धी नयाँ कानूनको विरोधमा सुरु भएको आन्दोलन राष्ट्रपति ओर्टेगाले कानुन फिर्ता लिँदासमेत आन्दोलन रोकिएको छैन ।

सडक आन्दोलनमा विद्यार्थीहरुको सहभागीता बढ्दै गएपछि आन्दोलनकारी, प्रहरी, विभिन्न समूहका बीचमा छुट्टा छुट्टै हानाहान भएका छन् ।

झडपका क्रममा ढुङ्गामुढा, चक्कुलगायतका हतियारको प्रयोग भएको समाचारमा जनाइएको छ ।

अन्य पक्षको घुसपैठ र बहुपक्षीय झडप भएपछि प्रदर्शन कसैको नियन्त्रणभन्दा बाहिर गएपछि थप त्रास फैलिएको छ ।

ओर्टेगाले आन्दोलनकारीलाई वार्तामा आउन पटकपटक आग्रह गरेपनि प्रदर्शनको नेतृत्व गर्दै आएका नेताले भने सरकारले विपक्षीमाथि दमन रोकेपछि मात्रै वार्तामा बस्ने अडान लिएका छन् ।

गत बुधबार पेन्सन र सामाजिक सुरक्षा भत्ता कटौतीको घोषणा सोमबार फिर्ता लिएका  थिए । ’आइएनएसएस’ भनि नामाकरण गरिएको उक्त आदेशले मूख्यरुपमा निवृत्तिभरणमा प्रभाव पार्ने बताइएको छ ।

रासस/सिन्ह्रा

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob