scheduleमगलवार श्रावण २९ गते, २०७५

दिल्ली डेयरडेभिल्सको अर्को हार, पञ्जाबले ४ रनले हरायो


नयाँ दिल्ली, ११ वैशाख । आईपिएलको २२औं खेलमा पञ्जाबले दिल्ली डेयरडेभिल्सलाई ४ रनले हराएको छ । आईपीएल-११ मा सोमबार फिरोजशाह कोटला स्टेडियममा किंग्स इलेवन पञ्जाबले आफ्नो विजय अभियान जारी राख्न सफल भएको हो । पञ्जाबले दिल्ली डेयरडेभिल्सलाई उसकै घरेलु मैदानमा ४ रनले विजय हासिल गर्‍यो ।

किंग्स इलेवन पञ्जाबले सुरुमा ब्याटिङ गर्दै २० ओभरमा ८ विकेटको क्षतिमा १४३ रन जोडेको थियो । १४४ रनको लक्ष्य पछ्याएको दिल्ली डेयरडेभिल्सले २० ओभरमा ८ विकेटको क्षतिमा १३९ रन बनाउन सक्यो । श्रेयस अय्यरले सर्वाधिक ५७ रन बनाए । दिल्लीका कप्तान गौतम गम्भीर यो खेलमा पनि फ्लप ठहरिए । उनले १३ बलमा केवल ४ रन बनाउन सके । किंग्स इलेवन पञ्जाबका बलरले शानदार बलिङ गर्न सफल खेलमा अंकित राजपूतले २३ रन दिएर २, एन्ड्रयू टाई र मुजीब उर रहमानले २५-२५ रन दिएर २-२ विकेट लिन सफल भए ।

सुरुमा ब्याटिङ गरेको पञ्जाबलाई चुनौती दिँदै दिल्लीको तर्फबाट लियाम प्लंकेटले सर्वाधिक ३ विकेट लिए । यसैगरी ट्रेट बोल्ट र आवेश खानले २-२ विकेट लिए । ट्रेट बोल्टले आईपिएल-११ मा ६ खेलमा ८.३३ को औसतबाट ९ विकेट लिँदै सर्वाधिक विकेट लिने बलर बनेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob