scheduleमगलवार आश्विन ९ गते, २०७५

६२ लाखको कारोवार गर्दै २१ औं फ्लोरा एक्स्पो सम्पन्न


काठमाडौं, ३ वैशाख । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि ‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ गत चैत ३० गते देखि सुरु भएको २१ औं फ्लोरा एक्स्पो ६२ लाख बराबरको कारोबार गर्दै सम्पन्न भएको छ ।

पुष्प व्यावसायीहरुको छाता संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा सम्पन्न भएको उक्त एक्स्पो करिव ६० हजार भन्दा बढीले अवलोकन गरेको मेला संयोजक तथा एसोसिएसनका उपाध्यक्ष रामजी तिमिल्सिनाले जानकारी दिए ।

उक्त एक्स्पोमा नेपाल सरकार कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोग तथा पुष्प विकास केन्द्रको सहकार्य रहेको थियो । मेलामा १० वटा अफिसिल स्टल, १ वटा प्रतियोगितात्मक प्रदर्शनीका स्टल, ४ वटा ल्याण्डस्केपिङ्गका स्टल, ६५ वटा व्यवसायीक स्टल र २ वटा फूडस्टल गरि जम्मा ८२ वटा स्टल रहेका थिए ।

त्यसैगरि, एक्स्पोमा मौसमी फूल, आलंकारीक बोटबिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष समेत राखिएको एसोसिएसनका अध्यक्ष कुमार कसमु श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार मेलामा बहुवर्षे फुलहरु, फलफूलका विरुवा, सिजनल विरुवा वढि बिक्री भएका छन । त्यस्तै, नर्सरिमा आवश्यक पर्ने औजारहरु तथा प्राङंगारिक मलको पनि बिक्री वढि भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob