scheduleमगलवार श्रावण २९ गते, २०७५

तपाईंलाई थाहा नहुन सक्छ फरक जनावरका यी फरक र अनौठा गुणहरु

एजेन्सी, २९ चैत । जोडीलाई आफूतर्फ आकर्षित गर्ने जलगैंडाको शैली एकदमै फरक छ, त्यसले आफ्नो जोडीलाई पिसाब फेरेर आकर्षित गर्छ भने हात्ती रातमा मात्र दुई घण्टा सुत्छ । त्यस्तै नर माहुरीले हिउँदमा आफूलाई चाकाभित्रै थुनेर राख्छ ।

यी तथ्यहरु नेदरलैण्डका एक लेखक तथा चित्रकारले बताएका हुन् । बिगत तीन वर्षदेखि जनावरहरुको केही दुखद पक्षका तथ्यहरुमाथि लेखेर चित्र कोरेर अध्ययन गरिहरेकी कलाकार ब्रुक बार्करले ती केही जनावरका दुखी अवस्थाका क्रियाकलापहरु अनलाइनमार्फत शेयर गरेकी छिन् ।

ब्रुकरका अनुसार मादा फ्याउरो मरेपछि उसको नर जीवनभरी नै एक्लै बस्छ तर नर मरेपछि मादा फ्याउरोले तत्कालै नयाँ नर खोज्छ ।

त्यस्तै ठूला पाण्डाहरुको सुत्ने कुनै निश्चित स्थान हुँदैन उनीहरु जता पुग्छन् त्यतै निदाउँछन् ।

मुसाहरुले अन्य मुसाहरुमा भएको दुखलाई अनुभव गर्नसक्छ र त्यसले उनीहरुलाई पनि दुखी बनाउँछ ।

आर्टिक क्षेत्रका फ्याउरोहरु माइनस ७० डिग्री सेल्सियस तापाक्रम नभएसम्म काँपदैनन् ।

झ्यालतर्फ आक्रमण गर्ने चराहरु अधिकांश आफ्नै छायाँलाई आक्रमण गरिरहेका हुन्छन् ।

खरानी रंगका लोखर्केहरु आफूले फल लुकाएको स्थान बिर्सिएर हजारौं रुखहरुमा खान तलासी गर्छन् ।

बिरालोले केही मानिसहरुको आवाजलाई पत्तो लगाउन सक्छ तर उसले कहिल्यै पनि त्यसलाई वास्ता गर्दैन ।

अफ्रिकाको साभना घाँसे मैदानमा पाइने साना प्रजातीका हरिण ‘डिक डिक’ ले आफ्नो क्षेत्र आफ्नो आँशुले तय गर्छन् ।

चिनीबिना भमराहरुलाई तनावबाट बाहिर आउन समस्या हुन्छ ।

ब्ल्यू सार्कहरुले एक अर्काप्रति आफ्नो प्रेमिल चहाना देखाउन एक अर्कालाई टोक्ने गर्छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob