scheduleमगलवार श्रावण २९ गते, २०७५

वडाध्यक्षको मृत्यु प्रकरणः बाबुछोरा पक्राउ

पाँचथर, १७ चैत्र । हिलिहाङ गाउपालिका वडा नम्बर ७ को सिम्वेवा मोटरबाटो अनुगमनमा हिँडेका बेला वडाध्यक्ष तीर्थराज तिम्सिनालाई कुटपिट गरेको आरोपमा बाबुछोरा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरमा विहीबार उनीमाथि भएको कुटपीटबारे परिवारले उजुरी दर्ता गराएपछि प्रहरीले शनिवार बाबु भीम योक्पाङदेन र छोरा सुवास योक्पाङदेनलाई पाँचथर प्रहरीले पक्राउ गरेको हो ।

सुगर र उच्च रक्तचापका बिरामी रहेका ६४ वर्षीय तिम्सिना बाबुछोराको कुटपिटपछि शारीरिक र मानसिक रुपले कमजोर भएपछि उपचारका लागि लैजाँदै गर्दा उनको बाटैमा निधन भएको थियो ।

सडक निर्माणका क्रममा स्काभेटर लगाउँदा घरमा जोड्ने बिजुलीको तार छिनेको विषयलाई लिएर तिम्सिनालाई चैत ११ गते बाबु छोरामिलेर कुटपिट गरेको प्रहरीले जनाएको छ ।

तिम्सिनाको शव अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर पुर्‍याइएको छ । यसैबीच, हिलिहाङ गाउँपालिकाले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob