scheduleसोमवार आश्विन ८ गते, २०७५

सभापति देउवाले भने, ‘दुई तिहाईको घमण्ड नगरे हुन्छ’

फाइल फोटो

चितवन, चैत ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले दुई तिहाईको घमण्ड देखाएर पेल्न खोजे आफूलाई मान्य नहुने बताएका छन् ।

चितवनमा सुरु भएको नेपाल निजामती कर्मचारी युनियन (संघ) को सातौं महाधिवेशनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले दुई तिहाईको घमण्ड नगर्न वर्तमान सरकारलाई चेतावनी दिएका हुन् । नेपाली कांग्रेस स्वतन्त्र न्यायपालिका, प्रहरी, सेना र कर्मचारीको पक्षमा रहेको बताउदै सभापति देउवाले नेपाली सेना, प्रहरी, कर्मचारी प्रशासन, संवैधानिक निकायमा हस्तक्षेप स्वीकार्य कदावी स्वीकार्य नहुने बताएका छन् ।

संवैधानिक निकाय र न्यपालिकामा समेत हस्तक्षेपको संकेत देखिएको बताउदै देउवाले कुनै पनि निकायका विरुद्धमा गरिने हस्तक्षेप र अधिनायकवाद कांग्रेसले स्वीकार्न नसक्ने बताए ।

कर्मचारीलाई ढुक्क भएर काम गर्न आग्रह गर्दै सभापति देउवाले कहीकतै हस्तक्षेप भए नेपाली कांग्रेसले कडा विरोध गर्ने चेतावनी समेत दिए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सरकार दुई तिहाइको घमण्डमा स्वेच्छाचारी र सर्वसत्तावादतिर जान खोजेको बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob