scheduleमगलवार श्रावण २९ गते, २०७५

ब्रह्मभूमी हेल्थ रिसर्च सेन्टरमा प्रहरीको छापा, संचालकद्वारा अनुगमन टोली र पत्रकारमाथि दुव्र्यवहार

एसपी यादव
सर्लाही, ४ चैत । सर्लाहीको मलंगवा ८ स्थित ब्रह्मभूमी हेल्थ रिसर्च सेन्टर प्रा. लि.मा प्रहरीले छापा मारेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयले संयुक्त रुपमा उक्त अस्पतालमा छापा मारेको हो । सो क्रममा अस्पतालका संचालक डाक्टर राकेश सिंहले अनुगमनमा आएको टोली तथा पत्रकारहरुमाथि दुव्र्यवहार गरेका छन् ।

अनुगमन टोलीले डा. सिंहको अस्पतालमा पुगेर कागजपत्र हेर्न मागेपछि उनी एक्कासी खनिएका थिए । अनुगमन टोलीले शान्त हुन आग्रह गर्दासमेत डा. सिंहले ‘के गर्नु त अनुगमन टोलीलाई फूलमाला लगाएर आरती देखाउँ की ?’ भन्न समेत भ्याएका थिए ।

अनुगमनका क्रममा रिसर्च सेन्टर स्थापनाका लागि आवश्यक भौतिक पूर्वाधार पूरा नभएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा रंजित कुमार साहले बताए ।

अरुकै नाममा रहेको उक्त फार्मेसीमा डा.सिंहले कर्मचारी राखेर संचालन गर्दै आएका छन् । अस्पतालमा निकै फोहोर भएको तथा औषधी र स्लाईन पानीका बोतलहरुसमेत खुला रुपमा चर्पीकै अगाडी राखिएको भन्दै नायक साहले अस्पतालमा भएको यस्तो अव्यवस्थितीका कारण विरामी तथा विरामीका कुरुवाहरु समेत विरामी हुने बताए ।

त्यस्तै यसअघि पनि ‘लोकतन्त्र’ दैनिक पत्रिकामा छापिएको सामाचारका विषयमा पत्रिकाका प्रबन्ध निर्देशक तथा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका उपाध्यक्ष बख्तियार अलीलाई समेत डा. सिंहले दुव्र्यवहार गरेका थिए । पत्रकार अलीलाई कोठामा थुन्नसमेत कर्मचारीलाई आदेश दिएका थिए । समाचारका विषयमा कुरा बुझ्न आएको भन्दा डा.सापले ‘तँ जस्तो पत्रकारलाई प्रहरी खोरमा जाकिदिन सक्छु’ भन्दै धम्कीपूर्ण रुपमा प्रस्तुत भएका पत्रकार अलीले बताए ।

केही सुझबुझ नै नगरी आफूलाई अपराधी सरह प्रहरीलाई बोलाएर थुन्न लगाएको समेत अलिले जानकारी गराएका छन् ।

अनुगमनको रिर्पोटिङ्ग गर्न पुगेका ‘हिन्दु पोस्ट’ साप्ताहिक पत्रिकाका सम्पादक बिध्यानन्द रायलाई ‘मेरो रिसर्च सेन्टरमा किन घुसेको ?’ भन्दै डा. सिंहले ‘बाहिर निस्कि हाल’ भन्दै धम्कीपूर्ण रुपमा प्रस्तुत भएको रायले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob