scheduleमगलवार श्रावण २९ गते, २०७५

वाम गठबन्धन धेरै दिन टिक्न सक्दैन: महासचिव मैनाली

दाङ, ३ चैत । नेकपा (माले)का महासचिव सिपी मैनालीले वाम गठबन्धन धेरै दिन टिक्न नसक्ने बताएका छन् ।

दाङमा नेकपा (माले)को राष्ट्रिय परिषद् अधिवेशनको समापनपछि आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै महासचिव मैनालीले सो कुरा बताएका हुन् ।

वाम गठबन्धको नेतृत्व गर्नेको चरित्रका कारण एकता नटिक्ने उनको भनाइ रहेको छ । “शक्ति र सत्ताका लागि भएको वाम गठबन्धन कसरी टिक्छ”, महासचिव मैनालीले भने । वाम गठबन्धनमा मुख्य समस्या नीतिगत रहेको उनको भनाई थियो ।

महासचिव मैनालीले वाम गठबन्धनको एकता टिकोस् भन्ने चाहना रहेको भन्दै – “हामीले एकता टिकोस् देशको विकास होस् भन्ने चाहान्छौँ ।”, मैनालीले आफ्नो पार्टीले एजेण्डा मिल्नेहरुसँग सहकार्य गरेर अगाडि बढ्नेसमेत बताए ।

चैत १ गतेदेखि शुरु भएको राष्ट्रिय परिषद् अधिवेशन ३ गतेसम्म सञ्चालन भएको थियो । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob