scheduleआइतवार आश्विन ७ गते, २०७५

नवनिर्वाचित राष्ट्रपति भण्डारीले भोलि अपरान् ४ बजे सपथ लिने

काठमाडौं, २९ फागुन । नव निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि बुधवार पद तथा गोपनीयताको सपथ लिने भएकी छन् ।

भोलि अपरान्ह ४ बजे प्रधानन्यायाधीश गोपाल पराजुलीले भण्डारीलाई सपथ गराउने राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति चयनका लागि मंगलबार भएको निर्वाचनमा भण्डारी ३९ हजार २ सय ७५ मतभारसहित विजयी भएकी हुन् । उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेस नेतृ तथा पूर्वसांसद कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरेकी थिइन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob