scheduleआइतवार आश्विन ७ गते, २०७५

बंगला विमान दुर्घटनापछि तत्काल वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न पर्यटन व्यवसायीको माग

काठमाडौं, २९ फागुन । सोमबार बंगलादेशको ढाकाबाट काठमाडौं आएको युएस बंगला एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणकोक्रममा भएको दुर्घटनाले यतिबेला देशै शोकमा छ । त्यसमा अझै पढाई सकेर आएका विद्यार्थी र पर्यटन व्यवसायीका साथै पर्यटन क्षेत्रका धेरै व्यक्तिहरुको निधन र घाइतेको ठूलो संख्याले नेपाली आकाशलाई सुरक्षित पार्न तत्काल नयाँ कदम चाल्नुपर्ने माग भएको छ ।

पर्यटन व्यवसायीहरुको संस्था सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल(सोट्टो–नेपाल)ले एक विज्ञप्ति जारीगरी तत्काल वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने माग गरेको छ । सोट्टोका महासचिव नारायण पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,  ‘उक्त दुर्घटनामा पर्यटन व्यवसायी, पर्यटक तथा सर्वसाधारण नागरिकहरुको दुःखद निधन भएकोमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गदछौं । साथै सम्पूर्ण घाईतेहरुको निशुल्क स्वास्थ्य उपचार गराउन, यस्ता बारम्बार हुने घटनाको यथार्थ छानबिनगरी दुर्घटना न्यूनिकरण गर्न गम्भिरताका साथ लाग्न तथा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा तदारुकताका साथ कार्य गर्न जोडदार माग गर्दछौं ।’

सोट्टोका अध्यक्ष अनिल लामाका अनुसार नेपालका १६ जना पर्यटन क्षेत्रका व्यक्तित्वहरु उक्त दुर्घटनामा परेका थिए । जसमा ३ जनाको मृत्यु भईसकेको छ । अन्यको उपचार भईरहेको र एकको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा १२ जना पर्यटन व्यवसायी र ४ जना कर्मचारी परेका थिए । यस्तै बंगलादेशबाट नेपाल घुम्न आएका पर्यटकहरु पनि उक्त दुर्घटनामा परेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob