scheduleआइतवार आश्विन ७ गते, २०७५

विमान दुर्घटना अपडेट : ४० जनाको मृत्यु भएको पुष्टि

काठमाडौं, २८ फागुन ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा विमान दुर्घटना हुँदा ४० जनाको मृत्यु भएको पुष्टि भएको छ ।  एयर बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको थियो ।

सोमबार दिउँसो सवा २ बजेको समयमा बंगलादेशको राजधानी ढाकाबाट आएको युएस ब‌ंगाल एयरलाइन्सको जहाज धावनमार्ग नजिकै दुर्घटनामा परेपछि ठूलो आगलागी भएको थियो।

घाइतेहरुको उपत्यकाको  केएमसी, नर्भिक लगायतका अस्पतालहरुमा उपचार भइरहेको छ । घाईतेमध्ये ८ जनाको अस्पालमा मृत्यु भइसकेको छ । कतिपय घाईतेको अवस्था गम्भिर भएका कारण मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob