scheduleआइतवार आश्विन ७ गते, २०७५

बंगला विमान दुर्घटनामा यसरी भयो उद्दार कार्य(भिडियोसहित)

काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एक विमान आज दिउँसो दुर्घटनामा पर्यो । विमान दुर्घटनामा परेर ठूलो आगलागी भएको थियो ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बंगलादेशबाट काठमाडौं आएको उक्त विमानमा लागेको आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, काठमाडौं तथा ललितपुर महानगरपालिका र विमानस्थलकै दमकलले आगो निभाउने कार्य गरेका थिए ।

धावन मार्गमा अवतरण हुनुभन्दा पहिल्यै जहाजमा आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् । उक्त दुर्घटनामा उद्दार कार्य यसरी भएको थियो । हेर्नुहोस् भिडियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob