scheduleआइतवार आश्विन ७ गते, २०७५

लमजुङ मर्स्याङ्दी युवा क्लबको अध्यक्षमा तामाङ निर्वाचित


काठमाडौं, २८ फागुन । लमजुङ मर्स्याङ्दी युवा क्लवको ७औ अधिवेशनले जुन तामाङको नेतृत्वमा १३ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

कमल श्रेष्ठ को अध्यक्षतामा बसेको अधिवेशनका प्रमुख अतिथि क्लवका संरक्षक अफजल मिया थिए । नवनिर्वाचित अध्यक्ष तामाङले आगामी दिनका लागि क्लबका कार्य र प्रतिबद्धताहरु पनि प्रस्तुत गरेका छन् ।

कुलतमा फसेका युवाहरुलाई कूलतबाट बचाउने, युवाहरुलाई आत्म निर्भर बनाउने शिपमूलक कार्यक्रम गर्ने , खेलकुद क्षेत्रको विकास गर्ने ,समाजमा रहेका विकृति विसंगति र कुसंस्कार लाई हटाउने, शिक्षा, स्वास्थ्याको क्षेत्रमा सुधारको निम्त पहल गर्ने साथै समुदायलाई बिभिन्न कार्यक्रमको माध्यम बाट सकारात्मक संदेश दिने प्रतिबद्धताहरु नवनिर्वाचित अध्यक्ष तामाङले प्रस्तुत गरे ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob