scheduleसोमवार आश्विन ८ गते, २०७५

यसरी भएछ श्रीदेवीको मृत्यू, सबै सतर्क रहन आवश्यक

एजेन्सी, १३ फागुन । वलिउडकी सुपरस्टार श्रीदेवीको कार्डिएक अरेस्टको कारणले शनिबार राती निदन भएको छ ।

मिडियाका खबर अनुसार दुवईमा मोहित मार्वाहको विवाह समारोहमा उपस्थित भएकी श्रीदेवीलाई अचानक कार्डिएक अरेस्ट भएको थियो । उनका देवर सन्जय कपूरका अनुसार रातको करिब ११ देखि साढे ११ को बीचमा उनको निधन भएको थियो ।

पातलो कदकाठी भएकी, फिटनेसका लागि सधै सजग रहने श्रीदेवीलाई त्यस्तो बिमारले अचानक आक्रमण गरेको कुरा विश्वास गर्न धेरैलाई मुश्किल भएको थियो ।

हार्टफेल या ह्दयघातभन्दा फरक कार्डिएक अरेस्टबाट मानिसको अचानक मृत्यु हुन्छ ।

हार्ट ओआरजीको अनुसार शरीरमा कुनै पनि चेतावनी बिना नै कार्डिएक अरेस्ट हुन्छ । यसको प्रमूख करण भनेको मुटुको विद्युतीय गडबडी हो । यसले धड्कनको तालमेललाई बिगार्ने काम गर्छ ।

यसले मुटुको रगत सञ्चार गर्ने क्षमतामा असर गर्छ र मस्तिष्क, मुटु या शरीरको अन्य भागमा रगत पुग्न सक्दैन ।

कार्डिएक अरेस्ट भएको केही समयभित्र नै मानिस बेहोस हुन्छ र नसाको पनि गति रोकिन्छ ।

यदि सही समयमा सही उपचार मिल्न सकेन भने कार्डिएक अरेस्टको केही सेकेण्ड या मिनेटमा मानिसको मृत्यु हुनसक्छ ।
एकजना वरिष्ठ चिकित्सक सौरभ बंसलका अनुसार कार्डिएक अरेस्टलाई हरेक मृत्युको अन्तिम बिन्दु भन्न सकिन्छ । यो अरेस्ट भनेको मुटुको धड्कन बन्द हुनु हो ।

चिकित्सकहरु यसको कारण धेरै रहेको बताउँछन् । सामान्यतय यसको कारण ह्दयघात हुनसक्छ । चिकित्सकले श्रीदेवीको केसलाई लक्षित गर्दै ५४ वर्षको उमेरमा भने सामान्यतय प्राणघातक ह्दयघातको खतरा एकदमै कम हुने बताए ।

चिकित्सकले श्रीदेवीलाई पहिल्यैदेखि कुनै स्वास्थ्य समस्या हुनसक्ने बताए ।

ब्रिटिश हार्ट फाउनडेशनका अनुसार मुटुमा इलेक्ट्रिकल सिग्नेलका कारण जब शरीरको अन्य भागमा रगत पुग्न सक्दैन तर त्यसले कार्डिएक अरेस्टको स्वरुप लिन्छ ।

जब शरीरमा रगत सञ्चार बन्द हुन्छ तब त्यसले मस्तिष्कमा अक्सिजनको पुग्न अवरुद्ध गर्छ । यस्तो अवस्थामा मानिस बेहोश हुन्छ र स्वास फेर्न बन्द गर्छ ।

सबैभन्दा मुश्किल भनेको कार्डिएक अरेस्ट हुन अघि कुनै पनि लक्षण देखा पर्दैन । यसको सबैभन्दा ठूलो कारण भनेको असाधारण मुटुको धड्कन बताइन्छ जसलाई विज्ञानको भाषामा ‘भेन्ट्रीकुलर फिब्रिलेशन’ भनिन्छ ।

यसले मुटुको इलेक्ट्रिकल गतिविधिलाई बिगार्छ र धड्कन बन्द भै मानिस काप्न थाल्छ । यसका धेरै कारणहरु हुनसक्छन् तर यसको खतरा बढाउने केही बिमारीहरु यस्ता छन् ।

कोरोनरी हार्टको बिमारी, ह्दयघात, कार्डियोमायोपैथी, काँनजेनिटल हार्टको बिमारी, हार्ट भल्वमा समस्या, हार्टका मसल सुनिनु, लङ्ग्स क्यूटी सिंड्रोम जस्ता डिस्अर्डर हुन् । यसका साथै केही बिजुलीको करेन्ट लाग्नु, ज्यादा ड्रग्स लिनु, धेरै खून जाने हैमरेज हुनु र पानीमा डुब्नाले पनि यस्तो समस्या आउँछ ।

तर खतराका साथै यसको उपचार पनि सम्भव छ । धेरैपटक छातिको माध्यमबाट इलेक्ट्रिक शक दिएर पनि यसबाट बिरामीलाई बचाउन सकिन्छ । यसका लागि डिफिब्रिलेटर नामको उपकरण प्रयोग गर्न सकिन्छ ।

तर यदि अरेस्ट भएको समयमा वरपर त्यस्तो उपकरण छैन भने सिआरपी यानी कार्डियोपल्मोनरी रिससिटेशन दिन सकिन्छ । यसमा बिरामीको दुबै हातलाई सिधा राखेर छातिमा दबाब दिइन्छ । यसले बिमारीको मुखबाट हावा पस्न मद्दत गर्छ ।

धेरैजसो मानिसहरु ह्दयघात र कार्डिएक अरेस्टलाई एकै मान्छन् तर यी दुई फरक रोग हुन् ।

ह्दयघात तब हुन्छ जब कोरोनरी आर्टरीमा रगतको थेग्ला जमेपछि मुटुको मांसपेशीसम्म रगत जाने बाटो अवरुद्ध हुन्छ । यसले छातिमा धेरै पिडा हुन्छ । तर कुनै समय पिडा कम हुन्छ तर त्यो पनि मुटुमा नोक्सान पुर्‍याउन प्रयाप्त हुन्छ ।

साथै जुन व्याक्तिलाई ह्दयघात हुन्छ त्यसलाई कार्डिएक अरेस्टको खतरा पनि धेरै हुन्छ । कार्डिएक अरेस्टमा मुटुले तत्काल रगत सञ्चार गर्न बन्द गर्छ र सास बढ्न शुरु हुन्छ ।

चिकित्सकहरु यी दुईको स्पष्ट फरक छुट्याउँदा ह्दयघातमा मुटुले प्रयाप्त मात्रामा रगत पाउन सक्दैन भने कार्डिएक अरेस्टमा मुटुको धड्कन नै बन्द हुन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob