scheduleआइतवार आश्विन ७ गते, २०७५

यी हुन् अोली सरकारमा जाने माअोवादीका सात मन्त्रीहरु

काठमाडौं, ११ फागुन । नेकपा एमाले सँग पार्टी एकिकरणको प्रक्रिया अघि बढिरहँदा नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । शुक्रबार बसेको माअाोवादी नेताहरुको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । माअोवादीले मन्त्री छान्ने जिम्मा  अध्यक्ष प्रचण्ड, रामबहादुर थापा र नारायण काजी श्रेष्ठलाई दिएको थियो ।

माअोवादीका नेता रामबहादुर थापा, बर्षमान पुन, गिरिराजमणी पोखरेल, शक्तिबहादुर बस्नेत, मात्रिका यादव, बिना मगर र अमनलाल मोदी  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएका छन् । यी  मध्ये एक मात्रै महिला रहेकी  मगर र मोदी पहिलो पटक मन्त्री हुँदैछन् भने अन्य पाँच जना पहिलानै मन्त्री भइसकेका छन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob