scheduleआइतवार आश्विन ७ गते, २०७५

प्रचण्डलाई नै माओवादी केन्द्रबाट कारवाही भन्दै यस्तो आयो विज्ञप्ति…

काठमाडौं, ११ फागुन । पछिल्लो समय नेकपा एमालेसँगको पार्टी एकता प्रक्रियाप्रति असहमत बन्दै आएका माओवादी केन्द्रबाट हालै निष्कासित नेता गोपाल किरातीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई माओवादी केन्द्रबाट कारवाही गरिएको दाबी गरेका छन् । आफूलाई नेकपा (माओवादी केन्द्र) को संयोजक तोक्दै उनले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कारवाही गरिएको बताएका हुन् ।

उनले प्रचण्डलाई ‘एमालेकरण भइसकेको दाहाल एण्ड कम्पनी’को संज्ञा दिँदै समाजिक संजालमा राखेको प्रेस विज्ञप्तिमा भनिएको छ,  ‘सञ्चारमाध्यमअनुसार दक्षिणन्थी काण्डको भण्डाफोर गर्दै नेकपा (माओवादी केन्द्र) पुनर्गगठनको आव्हान’ गरिएको क्रान्तिकारी निर्णयलाई अभियोग ठानेर दाहाल एण्ड कम्पनीले हामीलाई ‘कथित कारवाही’ गरेकोमा त्यस कम्पनीलाई धन्यवाद नै दिनुपर्छ,’ किनकी उक्त कारवाही माओवादको विज्ञान र पहिचान मुद्दामाथिको कारवाही हो भन्ने तथ्य स्वतः प्रमाणित हुनुको साथसाथै दाहाल एण्ड कम्पमाी निहित एकमनवादको पराकाष्ठा समेत हो । माओवादी केन्द्र पुनर्गगठन गर्नुपर्ने कारणबारे एक पटक पनि सुनुवाईको मौका नदिइकन कथित कारवाही दाहाल कम्पनीकै विनाशको वर्खिलाप समेत हो । अतः ‘जो चोर, उसैको ठूलो स्वर’ भने झैं मार्क्सवाद–लेनिनवाद–माओवादको सिद्धान्त र पहिचानको मुद्दा बेचेर खानेहरुले नै त्यो सिद्धान्त र मुद्दामा दृढ हामीलाई कारवाहीको दुस्प्रचार गर्नु कायरताको परिचायक मात्र हो । यसैसाथ एमालेकरण भइसकेको दाहाल एण्ड कम्पनी माओवादी केन्द्रमा नरहेको स्पष्ट गर्दै त्यस कम्पनीको प्रतिक्रान्तिकारी हर्कतविरुद्ध विरोधको झण्ड उठाउन पार्टी, वाईसीएल, जबस र मोर्चा संगठनका इमान्दार कमरेडहरुलाई जोडदार आव्हान गर्दछु । पार्टी पुनर्गठनमा सहयोग गर्न सबै देशवासीमा विशेष अपिल गर्दछु ।’

यता माओवादी केन्द्रले भने किरातीलगायत तीन नेतालाई पार्टीबाट निष्कासन गरिसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob