scheduleआइतवार आश्विन ७ गते, २०७५

दुर्घटनामा दाहालको मृत्यु, भण्डारी घाइते

प्रतिकात्मक तस्बिर

विराटनगर, ५ फागुन । मोरङको बूढीगंगा गाउँपालिकामा भारती लहरी र कार एक आपसमा ठक्कँर खाँदा एक जनाको मृत्यु भएको छ ।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार बूढीगंगा गाउँपालिका –३ हुलासवायर उद्योग अगाडि शुक्रबार राति उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको भारतीय एनएल– ०१–डि–२३६९ नं को लहरीले विपरित दिशाबाट जाँदै गरेको बा १० च ८२१७ नं को कारलाई ठक्कँर दिँदा कारमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा सुनसरी दुहवी नगरपालिका –४ का २५ वर्षीय प्रज्ज्वल दाहाल छन् । घाइते भएका दुहवी –५ का २६ वर्षीय विकाश भण्डारीको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि लहरीका चालक फरार भएकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob