scheduleआइतवार आश्विन ७ गते, २०७५

अहिलेको व्यापार घाटा हाम्रा लागि चुनौती: उपराष्ट्रपति पुन

दाङ, ३ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको भन्दै अहिलेको व्यापार घाटा हाम्रा लागि चुनौती रहेको बताएका छन् ।

दाङ उद्योग वाणिज्य संघद्वारा दाङको घोराहीमा आयोजित “व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगिक कृषि प्रदर्शनी– २०७४” को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले देशको विकास निर्यात वृद्धिबाट नै हुने बताउँदै उनले अहिलको व्यापार घाटा नै हाम्रा लागि चुनौतीको विषय भएको धारणा व्यक्त गरे ।

पुन भने, “जलविद्युत्, कृषि, खनिज, पर्यटन र उद्योग कलकारखानाबाट नै नेपाल समृद्ध मुलुक बन्न सक्छ ।” उपराष्ट्रपति पुनले पछिल्लो समय मेला महोत्सव संस्कृतिकै रुपमा स्थापना भएको उल्लेख गर्दै यसले अर्थतन्त्रमा टेवा पु¥याउने बताए ।

उपराष्ट्रपति पुनले दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्री आयात गर्नुपर्ने अवस्थाले देशको अर्थतन्त्र नकारात्मक दिशातर्फ अघि बढेकोमा चिन्ता व्यक्त गर्दै पूँजीगत खर्च हुन नसक्नु र बैंकिङ क्षेत्रमा आर्थिक तरलता सिर्जना हुनुले अर्थतन्त्रलाई प्रभावित गरेको बताए ।

अहिलेको चुनौतीलाई पन्छाउँदै नेपाल र नेपालीको समृद्धिको दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिदैं उनले अबको युग आर्थिक समृद्धिको भएको र मुलुकमा लगानीमैत्री वातावरण बनेको उल्लेख गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob