scheduleआइतवार आश्विन ७ गते, २०७५

ज्योति लाईफको ६६ करोडको आईपिओ निष्कासनबारे जान्नुहोस्

काठमाडौं, ३ फागुन । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्रथम वार्षिक साधारण सभाले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात प्रतिकित्ता १०० रुपैंया अंकित ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको छ । कम्पनीको प्रथम वार्षिक साधारण सभाले जारी पूँजी दुई अर्ब २० करोड रुपैयाँको ३० प्रतिशत अर्थात ६६ लाख कित्ता आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गरेको हो ।

साधारण सभाले आईपिओ निष्कासनका प्रकृया अगाडि बढाउन लागि धितोपत्र बोर्डबाट अनुमति लिन, धितोपत्र व्यवसायीसँग सम्झौता गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ । यस्तै सभाले आईपिओ निष्कासनका लागि सम्बन्धित निकायबाट स्वीकृति लिन प्रबन्धपत्र तथा नियमावलीको कुनै दफा परिवर्तन गर्न परेमा सोको परिवर्तन गर्न सक्ने अधिकार समेत सञ्चालक समितिलाई प्रदान गरेको छ ।

ज्योति लाइफले गत असोज ८ गतेबाट औपचारिक रुपमा जीवन बीमा व्यवसाय सुरु गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob