scheduleआइतवार आश्विन ७ गते, २०७५

प्रदेश नं १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त

काठमाडौं, २ फागुन । प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त भएका छन् । प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले एमाले संसदीय दलका नेता राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा १ अनुसार प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलका नेता राईलाई मुख्यमन्त्री नियुक्त गरको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

एमालेले राईको नेतृत्वमा सरकार गठन गर्न सोमबार आफ्नो दाबी प्रस्तुत गरेको थियो । ९३ सदस्यीय प्रदेशसभामा एमालेको एकल बहुमत छ । एमालेका ५१ सांसद छन् ।

राईले भोलि (बिहीबार) दिउॅसो ३ बजे विरेन्द्र सभा गृहमा सपथ लिनेछन् र भोलि नै सानो आकारको मन्त्रिमण्डल गठन गरिनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob