scheduleमगलवार श्रावण २९ गते, २०७५

फागुन १० गतेभित्र नयाँ सरकार गठन पक्का : पौडेल

बनेपा, १ फागुन । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले फागुन १० गतेभित्र वामपन्थीको नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन् ।

प्रेस सेन्टर नेपालले जनयुद्ध दिवसका अवसरमा बनेपामा आयोजना गरेको ‘वामपन्थी एकता आवश्यकता र चुनौती’ विषयक अन्तरक्रियामा बोल्दै नेता पौडेलले निर्वाचन आयोगको ढिलाइका कारण सरकार गठन छिटो हुन नसकेको भन्दै अब फागनु १० गतेभित्र पक्का हुने बताए ।

नेता पौडेलले नयाँ समाजवादी क्रान्तिको कार्यनीतिका आधारमा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुन लागेको जानकारी दिदैं स्वदेशी तथा विदेशी शक्ति केन्द्रलाई पार्टी एकताको चुनौती भएको बताएका छन् ।

दुवै पार्टीको पृष्ठभूमिका आधारमा नयाँ पार्टी बन्न लागेको जानकारी दिँदै पौडेलले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने दृढता व्यक्त गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob