scheduleमगलवार श्रावण २९ गते, २०७५

चेल्सीको सहज जित

एजेन्सी, १ फाल्गुन । सोमबार राति भएको प्रिमियर लिगमा चेल्सीले बेस्टबोमविच एल्भियोनलाई ३-० गोलले पराजित गरेको छ ।

गएको हप्ता वाटफोर्डसँग पराजित भएपछि चौतर्फी आलोचनाको घेरामा चेल्सी परेको थियो ।

यो जितले चेल्सीलाई केही राहत दिएको छ । चेल्सीका लागि इडिन हजार्ड खेलको २५ औ मिनेटमा गोल गर्दै अग्रता दिलाए । खेलको ६१  औ मिनेटमाभिक्टर मोजेजले दोस्रो गोल गरे । खेलमा फेरि चम्किए इडिन हजार्ड ।

उनले खेलको ७१ औ मिनेटमा तेस्रो गोल गरे भने व्यक्तिगत दुई गोल गरे । वेस्टब्रोम भने अंक तालिकाको पुछारमा रहेको छ । यो जितसँगै चेल्सीको २७ खेलमा ५३ अंक भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob