scheduleमगलवार श्रावण २९ गते, २०७५

केन्याद्वारा नेपाललाई १७८ रनको लक्ष्य प्रस्तुत, सन्दीप एक्लैले लिए पाँच विकेट


काठमाडौं, २९ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभीजन टू अन्तर्गतको आजको खेलमा नेपालले १७८ रनको लक्ष्य पाएको छ । नामिविया जारी चौथो खेलमा नेपालले उक्त लक्ष्य पाएको हो ।

केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर एक सय ७८ रन जोडेको छ । आजको खेलमा नेपालका युवा स्पिनर सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले पाँच मेडन राख्दै २० रन खर्चिए। बसन्त रेग्मी , शरद भेषावकर र सोमपाल कामीले एक एक विकेट हात पारे ।

सन्दीपले प्रतियोगिताका आफ्ना चार खेलमा १४ विकेट लिएका छन्। नामिबियाविरुद्ध चार विकेट लिएका सन्दीपले ओमानविरुद्ध दुइ र यूएइविरुद्ध तीन विकेट लिएका थिए।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob