scheduleमगलवार श्रावण २९ गते, २०७५

कहिलेसम्म कायम रहेका सञ्चयकर्ताले रसुवागढी र साञ्जेनको करोडौंको साधारण सेयर भर्न पाउँछन् ?

काठमाडौं, २५ माघ । रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी र ५७.३ मेगावाटको सान्जेन निर्माणकर्ता रसुवागढी हाइड्रो पावर लिमिटेड र सान्जेन जलविद्युत् कम्पनीले साधारण सेयर (आइपीओ) निष्कासन गर्दैछन् । दुवै कम्पनीले कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीका लागि सेयर निष्काशन गर्न लागेका हुन् ।

रसुवागढीको सेयर भर्न २०६८ मंसिर २२ गतेसम्म बहाल रहेका र २०७४ पुस २० गतेसम्म थप भएका संचयकर्ता,  संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीहरुले सेयर पाउनेछन् । यसैगरी सान्जेनको सेयर २०६८ मंसिर २२ मा बहाल रहेका २०७४ मंसिर २६ गतेसम्म थप भएका संचयकर्ता,  संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीहरुले सेयर भर्न पाउनेछन् ।

रसुवागढीले सञ्चयकर्ताका लागि १०० रुपैंया अंकित एक करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयर जारी गर्नेछ । सेयर भर्न फागुन ११ गतेदेखि ३० गतेसम्म आवेदन दिनुपर्नेछ । संस्थापक संस्थाका कर्मचारीका लागि २३ करोड ९४ लाख ७३ हजार ५ सय रुपैयाँको २३ लाख ९४ हजार ७ सय ३५ किता सेयर जारी गर्दैछ । ऋण दाता संस्थाका कर्मचारीका लागि ६ करोड ८४ लाख २१ हजार रुपैयाँको ६ करोड ८४ लाख २१ हजार रुपैंयाको सेयर जारी हुनेछ । उक्त सेयरमा चैत ५ गतेदेखि चैत १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

सञ्चयकर्ता र संस्थापक संस्थाका कर्मचारीले न्यूनतम ५० कित्तादेखि बढीमा ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदकले सी—आश्वा प्रणालीबाट मात्र सेयर भर्न पाउने व्यवस्था गरिएको छ । साथै आवेदकहरुको डिम्याट खाता अनिवार्य चाहिनेछ ।

कम्पनीले दोस्रो चरणमा आयोजना प्रभावित रसुवाबासीलाई छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता सेयर र अन्तिम चरणमा सर्वसाधारणका लागि छुट्याइएको १५ प्रतिशत अर्थात १ करोड २ लाख ६३ हजार १५० कित्ता सेयर निश्कासन गर्ने जनाएको छ ।

यसैगरी, सान्जेनले संचय कोषका सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीका लागि २४ प्रतिशत अर्थात् ८७ करोड ६० लाख रुपैयाँको सेयर पहिलो चरणमा निष्काशन गर्न लागको छ । ती संस्थाहरुले क्रमशः १९.५, ३.५ र १ प्रतिशत सेयर पाउनेछन् ।

सञ्चयकर्ताले प्रतिकित्ता १०० रुपैंया अंकित ७१ करोड १७ लाख ५० हजार रुपैयाँको पाउनेछन् । यसका लागि आगामी फागुन ११ गतेदेखि ३० गतेसम्म आवेदन दिन सकिनेछ । उनीहरूले न्यूनतम ५० कित्ता र बढीमा ३ सय कित्तासम्म आवेदन दिन पाउनेछन् ।

संस्थापक संस्थाका कर्मचारी र कर्मचारी संचयकोषका कर्मचारीले क्रमशः १२ करोड ७७ लाख ५० हजार र ३ करोड ६५ लाख रुपैयाँको सेयर पाउनेछन् । उनीहरूले न्यूनतम ५० कित्ता र बढीमा ३ सय कित्ता तथा हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

उनीहरुले चैत ५ देखि १३ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिंदा अनिवार्यरुपमा डिम्याट खाता नम्बर उल्लेख गर्नु पर्ने र सी—आश्वा प्रणाली मार्फत आवेदन गर्नु पर्ने व्यवस्था गरिएको छ । यसको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकको काम नागरिक लगानी कोषले गर्ने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob