scheduleमगलवार श्रावण २९ गते, २०७५

शिखरको विन्टर सेल मेलामा सर्वसाधारणको भिड, जुत्ताचप्पलमा ७०% सम्म छुट

काठमाडौं, १ माघ । शिखर सुजले राजधानीको भृकुटीमण्डपमा लगाएको विन्टर सेल मेलामा जुत्ताचप्पल किन्न सर्वसाधारणको भिड लागेको छ । एक सातादेखि भइरहेको मेलामा पछिल्लो समय जुत्ताचप्पल किन्न सर्वसाधारणको भिड बढ्दै गएको हो ।

जुत्ता उत्पादकहरुबीच सेल मेला गर्न दिने कि नदिने भन्ने विवाद उत्कर्षमा पुगेपछि अब यस्तो मेला नहुने हो कि भन्ने आशंकाले उपभोक्ता सस्तोमा जुत्ताचप्पल किनिहाल्न मेलामा ओइरिएको अनुमान गरिएको छ । मेलामा लाइन लागेरै जुत्ता किन्नु परेको छ ।

शिखरले फ्याक्ट्रीकै उत्पादन मूल्यमा जुत्ताचप्पल उपलब्ध गराएको र जुत्ताचप्पलमा १५ देखि ७० प्रतिशतसम्म छुट दिएको    कम्पनीले जनाएको छ ।

मेला आगामी माघ ६ गतेसम्म चल्ने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob