scheduleसोमवार आश्विन ८ गते, २०७५

मुल्यवृद्धि विरुद्धको आन्दोलन जारी, गिरफ्तार हुनेको संख्या ७७८ पुग्यो

ट्युनिस, २८ पुस ।  टुयुनिसियामा मुल्यवृद्धिका विरुद्धमा भइरहेको आन्दोलनका क्रममा ७७८ जना प्रदर्शनकारीहरू गिरफ्तार भएका छन् ।
तीन रात भएको प्रदर्शनका क्रममा उनीहरूलाई सुरक्षाकर्मीहरूले गिरफ्तार गरेको गृह मन्त्रालयले शुक्रबार जनाएको छ ।

प्रदर्शनकारी र सुरक्षाकर्मीकाबीचमा पटक पटक भएका झडपपछि उनीहरूलाई गिरफ्तार गरिएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
उनीहरूलाई चोरी, लुटपाट, आगजनी र सडकहरूको अवरोध गरेको अभियोग लगाइएको गृह मन्त्रालयका प्रवक्ता खालिफ चिबानीले जानकारी दिए ।

उनले पछिल्ला दिनमा अघिल्ला दिनहरूको तुलनामा आन्दोलन बिस्तारै थप आक्रमक र हिंसात्मक हुँदै गएको बताए ।

उत्तर अफ्रिकी मुलुक ट्युनिसियामा अहिले पनि गरिबी र बेरोजगारीको समस्या समाधान हुन सकेको छैन ।

उनले प्रदर्शनकारीहरूबाट ठूलो मात्रामा श्रोत साधनहरूको क्षति भएको पनि बताए । प्रदर्शनकारीहरूलाई तितरवितर पार्न र आन्दोलनलाई नियन्त्रण गर्न प्रहरीले केही राउण्ड टियर ग्यास समेत प्रहार गरेको प्रहरी प्रवक्ता चिबानीले जानकारी दिए ।

तानाशाह जीन एल अबिडिन बेन अलीको लामो समय सम्मको शासनबाट मुक्त भएपछि सन् २०११ देखि ट्युनिसियामा अपेक्षित रुपान्तरण भईरहेको छ ।

तर यसै बर्षको सुरु देखि भने निराशा र असन्तुष्टी व्यक्त भएको छ । मुल्यबृद्धि, संघर्षपूण अर्थतन्त्र लगायतका कारणले निराशा छाएर प्रदर्शन सुरु भएको हो ।

प्रदर्शनका क्रममा भएका झडपमा परी ११ प्रान्तमा रहेका गोदाम, प्रहरी चौकी, निजी तथा व्यापारीक प्रतिष्ठान र बैंकहरूमा क्षति पुगेको छ ।

प्रवक्ता चिबानीले ९६ जना सुरक्षाकर्मी घाइते भएका र ८७ सवारी साधनहरूमा क्षति पुगेको जानकारी दिए ।
रासस/सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob