scheduleसोमवार आश्विन ८ गते, २०७५

हिमालयन बैंकले गर्‍यो २५ प्रतिशत बोनस शेयर र १.३१५८ प्रतिशत नगद लाभांश वितरण

काठमाडाैं, २८ पुस । हिमालयन बैंक लिमिटेडको पच्चीसौँ वार्षिक साधारणसभाले शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १.३१५८ प्रतिशत नगद गरी कूल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले आव २०७३/७४ को प्रतिवेदन प्रस्तुत गर्दै सो बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी  आठ अर्ब ११ करोड ४५ लाख २९ हजार पुग्ने जानकारी अध्यक्ष श्रेष्ठले जानकारी दिए । बैंक आगामी माघ ४ गते २५ वर्ष पूरा गर्दैछ ।

अध्यक्ष श्रेष्ठले बैंकले आव २०७३/७४ अन्त्यसम्म  ९२ अर्ब ८८ करोड निक्षेप संकलन र ७७ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको जानकारी दिए । निक्षेप र कर्जा अघिल्लो वर्षको तुलनामा क्रमशः ६.३५ र १२.३६ प्रतिशतले बढी भएको जनाइएको छ ।

यस वर्ष छ स्थानमा नयाँ शाखा तथा सरकारको योजनानुरुप स्थानीय तहमा बैंकको ग्रामीण शाखा स्थापना गर्दै जाने र देशका विभिन्न स्थानमा थप एटिएम सञ्जाल विस्तार गरिने बैंकले जनाएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob