scheduleसोमवार आश्विन ८ गते, २०७५

बार्सिलोनाले गर्‍यो गोलको वर्षा

एजेन्सी, २८ पुस । बिहिबार राति भएको कोपा डेल रेको दोस्रो लिग चरणको खेलमा बार्सिलोनाले सेल्टा भिगोविरुद्ध गोलको वर्षा गरेको छ ।

यस अघि २-१ गोलको जित दर्ता गरेको बार्सिलोनाले यस खेलमा भने ५-० गोलको जित दर्ता गरेको छ ।

समग्रमा सेल्टा भिगोलाई ६-१ गोलले पाखा लगाउँदै बार्सिलोेना कोपा डेल रेको अर्को चरणमा प्रवेश गरेको छ । बार्सिलोनाले पहिलो हाफमा नै चार गोलको अग्रता बनाएको थियो ।

बार्साका लागि लियोनल मेस्सीले खेलको १२ औ र १५ औ मिनेटमा दुई गोल गरे । जोर्डी अल्बाले खेलको २८ औ मिनेटमा गोल गरे ।

खेलको ३१ औ मिनेटमा लूइज स्वारेजले चौथो गोल गरे । खेलको ८१ औ मिनेटमा इभान र्याकिटीकले पाँचौ गोल गरे । यस सिजन अपराजित रहेको बार्सिलोनाको यो सानदार जित हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob