scheduleमगलवार श्रावण २९ गते, २०७५

युसुफ पठानले १ करोडको घोडा किन्ने !

एजेन्सी, १६ पुस । एउटा घोडाको मूल्य १ करोडभन्दा बढी पर्छ भन्दा अनौठो लाग्न सक्छ । तर भारतीय क्रिकेटर युसुफ पठानले १ करोड भारु पर्ने मारवाडी नश्लको घोडा किन्न लागेको समाचार माध्यमले बताएका छन् । जनावार भनेपछि हुरुक्कै हुने पठानले  यस पटक महँगो मूल्यमा घोडा किन्न लागेका हुन् ।

हालै घोडा छान्नका लागि पठान जोधपुर गएका थिए । आफूले किन्न लागेको घोडा देखाउन आफ्ना छोरा अयानलाई पनि लिएर गएका थिए । झालामन्डस्थित एक फार्म हाउसमा करीव एक दर्जन घोडा राखिएको थियो । मारवाडी नश्ल यी घोडामध्ये पठानलाई ‘साप्तांश’ नामको घोडा निकै मन परेको थियो । यो घोडाको मूल्य १ करोड भारु पर्ने मालिकले भनेका थिए । त्यसपछि उनलाई अर्को घोडा पनि मन परेको थियो जसको मूल्य ११ लाख भारु बताइएको थियो ।

युसुफलाई दुबै घोडाको फोटो खिचेर लगेका फार्मका मालिकले बताएका छन् । गुजरात गएपछि कुन घोडा किन्ने भनेर निर्णय गर्ने भनेर युसुफले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob