scheduleमगलवार श्रावण २९ गते, २०७५

चिसोका कारण झरना नै हिउँमा परिणत

एजेन्सी, १५ पुस । अमेरिकाका विभिन्न राज्यमा यतिबेला तापक्रम शून्य डिग्रीभन्दा तल झरेको छ । अत्याधिक चिसोका कारण प्रसिद्ध झरना नायगरा फल्सको केही भाग जम्न पुगेको समाचार माध्यमले जनाएका छन् ।

अत्याधिक चिसोका कारण नायगरा झरनाको केही भाग हिउँमा परिणत भएको हो । झरनाको दृश्य अवलोकन गर्न गएका पर्यटकले हावामा नै पानी हिउँ बनेको तस्बिर पोष्ट गरेका थिए ।

तापक्रम शून्यभन्दा तल झरेसँगै अमेरिकाका उत्तरी राज्यमा केही मानिसको मृत्यु भएको र नयाँ वर्षको अवसरमा गरिने निर्धारित कार्यक्रम स्थगित गरिएको समाचार माध्यमले जनाएका छन् । अमेरिकाभर चिसोका कारण लाखौं मानिस प्रभावित भएका छन् । हप्तामा तापक्रम अझै घट्ने मौसमविद्ले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob